काठमाडौं, १९ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विरामी राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्रीले आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर शनिबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
सो अवसरमा प्रधानमन्त्रीले राष्ट्र प्रमुखको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। (रासस)