काठमाडौं, २९ फागुन। आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पीएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भयो।
बलिङमा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए। यस्तै ललित राजवंशी र कुशल मल्लले २-२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे।
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज सात देशबीचको आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो।
आइतबार युएईमाथि जित निकालेसँगै नेपालले दुई खेल खेल्न बाँकी छदै एकदिवसीय मान्यता जोगाएको थियो।