Friday, March 29, 2024
spot_img
Homeखेलकुदक्रिकेटनेपालद्वारा ओमान ८४ रनले पराजित

नेपालद्वारा ओमान ८४ रनले पराजित

काठमाडौं, ८ वैशाख। त्रिवि क्रिकेट रंगशालामा आज भएको एसीसी पुरुष प्रिमियर कपको दोस्रो खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ।

ओमानको यो पहिलो पराजय हो र आजको नेपाल–ओमान खेललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेलका रुपमा मान्यता दिइएको छ। नेपालका लागि आजको खेल ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो।

एसीसी पुरुष प्रिमियर कपमा कुल १० टोलीको सहभागिता रहेको छ र टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा मलेसिया, ओमान, कतार र साउदी अरब छन् भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

यस कपको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्ने मौका पाउनेछ।

नेपालले तेस्रो खेल सोमबार साउदी अरेबियासँग खेल्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको