Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचाररोटार्याक्ट क्लब अफ रुद्रमतीको २०औँ पदस्थापना कार्यक्रम सम्पन्न

रोटार्याक्ट क्लब अफ रुद्रमतीको २०औँ पदस्थापना कार्यक्रम सम्पन्न

काठमाडौं, १३ साउन। रोटार्याक्ट क्लब अफ रुद्रमतीको २०औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार न्यू सम्मिट कलेज शान्तिनगरमा उक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको हो । पदस्थापना कार्यक्रमको प्रमुख आतिथ्यता रोटरी क्लब अफ रुद्रमती काठमाडौंका अध्यक्ष रोटारियन कृष्ण ढकालले गर्नु भएको थियो ।

त्यस्तै, मान्य अतिथिको रुपमा रोटरी इन्टरनेशनल डिस्टृक ३२९२ नेपाल-भुटानका आइपीडिआरआर रोटार्याक्टर रोशन कार्की रहनु भएको थियो । विशेष अतिथिको रूपमा डिस्टृकबाटै रोटार्याक्टर सुबिन खड्का रहनु भएको थियो ।

कार्यक्रम रोटार्याक्टर हेमन्त वलीको सन्चालनमा भएको हो । कार्यक्रममा स्वागत मन्तव्य रोटर्याक्टर राजु शर्माले दिनु भएको थियो । रोटरी वर्षकै प्रमुख कार्यक्रम मानिने पदस्थापना कार्यक्रममा चालू रोटरी वर्षको लागि नयाँ अध्यक्ष नियुक्त गरिन्छ ।

यस कार्यक्रममा रोटरी वर्ष २०२३/०२४ का लागि अध्यक्ष रहनु भएकि रोटार्याक्टर सिर्जना पोख्रेलले आफूमा रहेको अध्यक्षता रोटार्याक्टर सन्दिप पङ्गेनीलाई हस्तान्तरण गर्नु भएको हो ।

यससँगै रोटार्याक्टर सन्दिप पङ्गेनी रोटार्याक्ट क्लब अफ रुद्रमतीको अध्यक्षमा नियुक्त हुनु भएको हो । पङ्गेनीको कार्यकाल जुन,३० सम्म रहनेछ । नवनियुक्त पङ्गेनीले प्रमुख अतिथि रोटारियन कृष्ण ढकालबाट पदको सपथ ग्रहण गर्नु भएको थियो ।

कार्यक्रममा पङ्गेनीले आफ्नो बोर्ड अफ डिरेक्टर, यस वर्षको थिम प्रस्तुत गर्दै आगामी दिनमा रोटार्याक्ट क्लब अफ रुद्रमतीलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तत्कालीन अध्यक्ष रोटार्याक्टर सिर्जना पोख्रेलले आफ्नो कार्यकालमा गरेका कामहरूको विवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सहयोग पुर्याउने व्यक्तिहरूलाई अवार्डले सम्मान गर्नु भयो ।

उक्त कार्यक्रममा रोटार्याक्ट क्लब अफ रुद्रमतीमा नयाँ पाँच सदस्यले सदस्यता प्राप्त गरे । उक्त सदस्यहरूले सदस्यताको सपथ ग्रहण मान्य अतिथि रोटार्याक्टर रोशन कार्कीद्वारा लिएका हुन् ।

यसरी रोटार्याक्टर मन्जु पाठकको धन्यवाद ज्ञापनसँगै उक्त कार्यक्रम सम्पन्न भएको हो । यो कार्यक्रममा रोटार्याक्ट क्लब अफ रुद्रमतीकै पूर्व अध्यक्षहरू रमेश तिमिल्सिना, प्रकाश भुसाल, प्रियन्स पोख्रेल र नवराज पौडेलको समेत सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा उपत्यकाभित्रका विभिन्न रोटार्याक्ट क्लबहरूबाट ७० भन्दा बढी रोटार्याक्टरहरूको उपस्थिति रहेको थियो ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको