Tuesday, May 30, 2023
spot_img
Homeखेलकुदक्रिकेटराशिद खानलाई पछि पार्दै सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान

राशिद खानलाई पछि पार्दै सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान

काठमाडौं, ८ वैशाख। अफगानिस्तानका क्रिकेटर राशिद खानको कीर्तिमान तोड्दै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने कीर्तिमान बनाएका छन्।

एसीसी प्रिमिअर कपको ओमान विरुद्धको जारी खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।

सन्दीपले ४२ खेलमा १०० विकेट लिएर यो कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। राशिदले ४४ खेलमा सय विकेट लिएका थिए।

लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन्।

१३औँ ओभरमा क्रिजमा ल्याइएका लामिछानेले आफ्नो ओभरको तेस्रो बलमा नै १३ रन बनाएर खेलिरहेका शफिकलाई एलबीडब्लुको धरापमा पारेका थिए।

यसअघि गत महिना कीर्तिपुर क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिम लाई एलबीडब्लू आउट गरेपछि विकेटको संख्या ९९ पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको