Sunday, September 24, 2023
spot_img
Homeखेलकुदक्रिकेटनेपालद्वारा ओमानलाई ३११ रनको लक्ष्य

नेपालद्वारा ओमानलाई ३११ रनको लक्ष्य

काठमाडौं, ८ वैशाख। एसीसी पुरुष प्रिमियर कप क्रिकेट अन्तर्गत शुक्रबार कीर्तिपुरमा भएको खेलमा नेपालले ओमानविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको छ।

यो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपालको सबैभन्दा ठूलो रन हो।

पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको पहिलो एकदिवसीय शतकको मद्दतले ओमानलाई ३११ रनको लक्ष्य दिएको थियो। मल्लले १०८ रन बनाए भने सोमपाल कामीले ४८ बलमा ६३ रन बनाए।

ओमानका लागि अयान खानले २ विकेट लिए भने बिलाल खान, कलीमुल्लाह, जिशान मकसुद, फय्याज बट, अकिब इलियास र जतिन्द्र सिंहले एक एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको