काठमाडौं, १९ माघ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति विरुद्धको रिट निवेदन सर्वोच्च अदालतले बुधबार खारेज गरेको छ।
रजिष्ट्रार नारायण पन्थीले संसदीय क्षेत्राधिकारका विषय अदालतमा दर्ता हुन नसक्ने तर्क गर्दै रिट निवेदन खारेज गरेका थिए।
प्रमुख प्रतिपक्षको बारेमा निर्णय गर्ने अन्तिम अधिकार संसदको छ, त्यसैले अदालतले यसको व्याख्या गर्न सकेन। जनहित याचिकाको रूपमा ल्याइएका यस्ता रिट निवेदन दर्ता हुदैनन्।
अधिवक्ता विमल पोखरेलले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मत दिएकाले कांग्रेस सभापति देउवालाई प्रमुख प्रतिपक्षी नेताको हैसियत र सुविधा दिन नसकिने भन्दै रिट दायर गरेका थिए।