आइतवार, २०७९ असार-१९। युक्रेनको सीमा नजिकैको रुसी शहर बेलगोरोडमा कम्तिमा तीन जनाको मृत्यु भएको छ र दर्जनौं घरहरू क्षतिग्रस्त भएका छन्, क्षेत्रीय गभर्नरले भने।
गभर्नर व्याचेस्लाभ ग्लाडकोभले युक्रेनसँगको सीमाबाट करिब ४० किलोमिटर (२५ माइल) उत्तरमा रहेको सहरमा धेरै विस्फोटन भएको जानकारी दिए।
कम्तिमा ११ वटा अपार्टमेन्ट र ३९ वटा घरहरू क्षतिग्रस्त भएका छन्, जस मध्य पाँचवटा ध्वस्त भएका छन्, ग्लाडकोभले टेलिग्राममा भनेका छन्।
वरिष्ठ रुसी सांसद आन्द्रेई क्लिसासले युक्रेनले बेलगोरोडमा गोलाबारी गरेको आरोप लगाए र सैन्य प्रतिक्रियाको आह्वान गरेका छन्।