Tuesday, May 30, 2023
spot_img
Homeकाठमाडौँवाणिज्य बैंकहरुले ब्याजदर घटाए; कुन निक्षेपको ब्याजदर कति?

वाणिज्य बैंकहरुले ब्याजदर घटाए; कुन निक्षेपको ब्याजदर कति?

काठमाडौं, २८ पुष। वाणिज्य बैंकहरूले माघ महिनाको ब्याजदर घटाउने भएका छन्।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ महिनाको ब्याजदर १.१३ प्रतिशतले घटाउने निर्णय गरेको हो।

हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ९.१३ प्रतिशत रहेको छ।

त्यस्तै, रेमिट्यान्स मुद्दती निक्षेप खातामा १५.३३ प्रतिशत ब्याज निर्धारण गरिएको छ। तर, वाणिज्य बैंकहरूले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा ९ प्रतिशत र रेमिट्यान्स मुद्दती निक्षेप खातामा १२ प्रतिशत ब्याज निर्धारण गरेका छन्।

यसैबीच बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्विरोध निर्वाचित भएका छन्।

बुधबार बसेको विशेष साधारणसभाले केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो। संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी, लक्ष्मी बैंकका अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआईसी एशियाका रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सुदेश खालिङ र सनराइज बैंकका सुमन शर्मा कार्यकारी सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको