काठमाडौं, १९ माघ। कैलाली–२ का प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन्।
उनी एक दशकअघि ट्याक्टरमा आगजनी गरेको मुद्दामा फरार रहेका थिए।
चौधरीलाई आज बाँकेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
चौधरीलाई कैलाली जिल्ला अदालतले आगलागी प्रकरणमा संलग्न प्रशुराम चौधरी र वीरबहादुर चौधरीसहित ६ महिना कैद र नगद जरिवानाको फैसला सुनाएको थियो।



