काठमाडौं, १७ माघ। पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको डिएनए परीक्षण सुरु भएको छ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव अत्याधिक जलेका कारण पहिचानका लागि डिएनए परीक्षण आवश्यक छ।
केन्द्रीय प्रहरी फरेन्सिक साइन्स ल्याबमा परीक्षण प्रक्रिया सुरु भयो। परिवारको नमूना सङ्कलन र मृतकको हड्डी र दाँतबाट डिएनए निकालेर परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो। डीएनए प्रक्रियाबाट शव पहिचान गर्न कम्तिमा दुई हप्ता लाग्छ।
पोखराबाट काठमाडौं ल्याइएका ४८ शवमध्ये ४२ जनाको फरेन्सिक परीक्षण र औंठाछापबाट पहिचान भएको हो। पोखरामा २२ जनाको फरेन्सिक परीक्षण गरिएको थियो। (रासस)