Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, August 20, 2026
spot_img
Homeसमाचारजनै पूर्णिमा र रक्षा बन्धनको इतिहास र महत्वको कथा

जनै पूर्णिमा र रक्षा बन्धनको इतिहास र महत्वको कथा

काठमाडौं, १४ भदौ। हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन मनाईने गरिन्छ। श्रावण महिनामा पर्ने भएकाले यो चाडलाई श्रावणी पनि भन्ने गरिन्छ। त्यस्तै आजको दिन क्वाँटी खाएर मनाइने भएकाले यो दिनलााई क्वाँटी खाने पूर्णिमा पनि भन्ने गरिन्छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणहरुलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतारमा भगवान विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक विश्वासको आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।

रक्षाबन्धनको महत्व:

रक्षाबन्धनको विषयमा सुनिएका किंवदन्ती अनुसार एकपटक देवता र दैत्यहरूका बीचमा १२ वर्षसम्म युद्ध भएछ। तर, लामो समयसम्म चलेको यो युद्धमा न दानव न देवता विजयी भए। इन्द्रले दैत्यहरू किन अपराजित रहन सकेनन् भनेर सोच्न थाले र विजय प्राप्त गर्ने रणनीतिको खोजीमा उनले सल्लाह खोज्दै आफ्ना गुरु बृहस्पतिलाई भेटे र सल्लाह मागे। बृहस्पतिले इन्द्राणीलाई आफ्नो रक्षाको लागि व्रत बस्न मनाउन र सबै देवताहरूलाई साथ लिन इन्द्रलाई निर्देशन दिए। व्रत सकिनेबित्तिकै इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षा सूत्र धागो बाँधेर आशीर्वाद दिईन। यसरी इन्द्र रक्षा सूत्र बाँधेर युद्धमा जान्छन्। फेरि देवता र दैत्यको बीचमा युद्ध हुन्छ। यसपटक इन्द्रले यति पराक्रम र साहसपूर्वक युद्ध लड्छन् कि दैत्यहरू नै चकित हुन्छन्। अन्ततः देवताहरूकै विजय हुन्छ। उही समयदेखि विजयको प्रतीकको रुपमा यो पर्व मनाइँदै आइरहेको हो।

रक्षा सूत्र बाँधिदिँदा यस्तो मन्त्र पढिन्छ:

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।

तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल।।

दानवहरूका महाबलि राजालाई जुन सत्यले बाँधिदिए, त्यही सत्यले बाँधिराख्न रक्षा सूत्र बाँधी दिएको हुँ। हे रक्षा सूत्र! तिमी पनि अचल भई बस्नू भनी रक्षा सूत्र बाँधेका यजमान सत्यमा अचल भएर बस्छन् भन्ने अर्थमा रक्षा सूत्र बाँधिदिने हो। 

आजकै दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरूलाई राखी बाँध्ने गर्छन्। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

जनै किन फेर्ने?

आजकै दिन जनैधारीहरूले यज्ञोपवित अर्थात् जनै परिवर्तन गर्छन्। शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिन्छ। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ।  वैदिक गुरु परम्परा अनुसार जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागो पनि भनिन्छ। एउटा जनैमा तीन, छ वा नौ वटा सूताहरु हुन्छन।

आजको दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई तर्पण गरिन्छ, त्यसैले यस दिनलाई ऋषि तर्पणि पनि भनिन्छ। आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ।

जनैको नौसूतामा भिन्न भिन्न नौ देवताको अधिष्ठान छ जुन यस प्रकारले वर्णन गरिएको छ।

पहिलो देवता ॐ कारको गुणहो ब्रहज्ञान, दोस्रो अग्नि देवको गुणहो तेज, तेस्रो अनन्त देवको गुणहो धैर्य, चौथो चन्द्रदेवको गुणहो शान्ति शीतलता , पाँचौ पितृदेवको गुणहो स्नेहशीलता, छैठौं प्रजापति देवताको गुणहो प्रजापालन, सातौं वायुदेवको गुणहो बल, आठौं सूर्यदेवको गुणहो प्रकाश, नवौं सर्वदेवताको गुणहो सात्विकता। यी गुणहरुको प्रतीक मानिने यज्ञोपवीत लाई ब्रह्माले सूत्र पैदा गर्नुभो, विष्णु ले तीनगुना गर्नुभो, शिवजीले गांठो पार्नुभो, र सावित्रीले अभिमन्त्रित गर्नुभयो। यस्तो पवित्र यज्ञोपवित विधिपूर्वक पूजा गरि धारण गर्नाले सम्पूर्ण उक्त गुणहरुले भूषित हुन जान्छ भन्ने विश्वास गरिन्छ।

कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको जनै फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ। 

जनै लगाइदिँदा यसरी मन्त्र पढ्ने गरिन्छ:

यज्ञो पवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात।

आयुष्य मग्यं प्रतिमुञ्च भुभुं यज्ञोपवीतं बलमस्तुतेज।।

आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ।

आजको दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई तर्पण गरिन्छ, त्यसैले यस दिनलाई ऋषि तर्पणि पनि भनिन्छ। आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ।

क्वाँटी किन खाने:

आजका दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने गरिन्छ। यसरी बनाइएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ।

श्रावणी स्नान के हो?

आजको दिन नदीको किनारमा गएर स्नान गरिन्छ। यसलाई श्रावणी स्नान पनि भनिन्छ। यसको नुहाउने विधि पनि हुन्छ। विधिपूर्वक स्नान गर्दा दुबो, कुश, गाईको गोबर, पञ्चगब्यहरु लिएर धेरै किसिमका मन्त्रहरू जपेर स्नान गरिन्छ। त्यो स्नान गर्दा यो जन्ममा जानेर वा नजानेर, पूर्व जन्ममा गरेका कर्महरू संस्कारको रूपमा अहिले हामीमा बसेको हुन्छ। ती संस्कारको रूपमा आएका कर्महरू पुण्य वा पाप जे भए पनि पाप कर्मका संस्कारहरू निवृत्त होस् भनेरै श्रावणी स्नान गरिन्छ।

रक्षा बन्धन एक धागो मात्र नभई प्रेम, एकता र संरक्षणको सुन्दर परम्परा हो। हजुरहरु सबैलाई माया र बन्धनले भरिएको रक्षा बन्धनको शुभकामना।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको