काठमाडौं, ११ चैत। काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउन सात दिनको अल्टिमेटम दिएको छ।
महानगरपालिकाले शनिबार सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका सरकारी, प्रयोगविहीन सार्वजनिक जग्गा र खोला किनार नजिकका जग्गा अतिक्रमण गरी गैरकानुनी रूपमा निर्माण भएका संरचना हटाउन सात दिनको समय दिएको छ।
विज्ञप्तिमार्फत महानगरले भत्काउने क्रममा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाले पालना नगरे असुल्ने चेतावनी समेत दिएको छ।
यसअघि थापाथली क्षेत्रको बागमती नदी किनारमा सुकुम्बासी बस्तीमा रहेका सुकुम्वासीलाई हटाउन बस्तीमा पुगेपछि काठमाडौं महानगरपालिका प्रहरी र सुकुम्वासी बस्तीका मानिसहरूबीच झडप भएको थियो।
महानगरले यसअघि वाग्मती नदी किनारमा बसोबास गर्ने सुकुम्बासीलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको थियो।