काठमाडौं, ६ मंसिर। नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
थापाले २१ हजार २ सय ९३ मत ल्याएर नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै लगातार तेस्रो पटक चुनाव जितेका हुन्। भट्टराईले १३ हजार ८ सय ३७ मत प्राप्त गरे भने ७ हजार ४ सय ५६ मतले पराजित भए।