Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँअष्ट्रेलियाली राजदुत भोल्क र माष्टरसेफ साहबाट प्रमाणपत्र वितरण

अष्ट्रेलियाली राजदुत भोल्क र माष्टरसेफ साहबाट प्रमाणपत्र वितरण

काठमाडौं, १० साउन। अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्क र विविसी माष्टरसेफ: द प्रोफेसनल्स रि-म्याच २०२१ का विजेता सेफ सन्तोष साहले व्यासायिक पाकशिक्षा तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका छन्।

मंगलबार मुलपानीमा अवस्थित दिदी फाउन्डेसनको भवनमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा राजदुत भोल्क र सेफ साहले दिदि फाउण्डेसन नेपालद्वारा सञ्चालित चार महिने व्यावसायिक पाकशिक्षा तालिमका सहभागीहरूलाई तालिम सम्पन्नताको प्रमाणपत्र प्रदान गरेका हुन।

अष्ट्रेलियाली दुतावासले दिदि फाउण्डेसनलाई पाकशिक्षा तालिम केन्द्र स्थापना गर्न र विपन्न समुदायका १५ महिलाहरूको पहिलो समूहलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रममा आधारित ३९० घण्टा समयावधिको व्यावसायिक पाकशिक्षा तालिम प्रदान गर्न सहयोग गरेको हो।

कक्षा दशको अनिवार्य अंग्रेजी विषयको पाठ्यक्रममा जीवनकथा समावेश भएका संसारभर प्रख्यात सेफ साहले तालिममा सहभागीहरूलाई सम्बोधन गर्दै आफ्नो जीवन यात्राको बारेमा बताएका हुन्। उनले सबै व्यक्तिको आफ्नो विशिष्टता हुने र आफैँले आफ्नो लागि उपयुक्त जीवन पथ पहिल्याउनु पर्ने बताए। आफ्नो सबल पक्षहरूको पहिचान गरेर जीवनका उद्देश्यमा ध्यान केन्द्रित राखेर आफ्नो जीवन मूल्य र स्व-अनुशासनका साथ काम गर्न सल्लाह दिए। “प्रत्येक व्यक्ति फरक हुन्छ र उसले आफुलाई बुझ्नुपर्छ र आफुलाई खुसी पार्न आवश्यक सीपहरूमा पोख्त हुनुपर्छ,” उनले भने।

राजदुत भोल्कले तालिमका सहभागीहरूलाई बधाई दिइन र दिदि फाउण्डेसनलाई सफलतापूर्वक तालिम गराएर रोजगारी, जीविकोपार्जन र व्यावसायिक यात्रामा महिलाहरूलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरिन्।

उक्त तालिममा आर्थिक रूपमा विपन्न, जनजाती, दलित, समाजबाट पिछडिएका र समाजबाट अपहेलित वर्गका महिलाहरू संलग्न रहेका थिए। दिदी फाउन्डेसनले महिला पनि सेफ हुन सक्छन् र उनीहरूलाई पनि एउटा सेफको रूपमा रोजगारमा स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले यो तालिम प्रदान गरेको हो।

दिदी फाउन्डेसन सन् २०१२ मा स्थापित एक गैर सरकारी संस्था हो। उक्त फाउन्डेसन विशेषत: महिला सशक्तीकरणमा काम गर्ने उद्देश्यले स्थापना भएको हो। यसले कुशल प्रशिक्षकहरूद्वारा विशेषगरी महिलाहरूलाई विभिन्न खालका तालिमहरू प्रदान गर्ने र उनीहरूलाई रोजगारीमा स्थापित गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको