काठमाडौं, १९ चैत। इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर संशोधित सूची पठाएको छ।
नेपाल आयल निगमले शनिबार पाएको मूल्यसूची अनुसार पेट्रोलमा १ रुपैयाँ ७४ पैसा र डिजेलको मूल्य ६ रुपैयाँ ८२ रुपैयाँले घटेको हो।
आईओसीले १५ दिन अगाडी पनि पेट्रोल र डिजेलको मूल्य घटाएको सूची पठाएको थियो। पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाले घटेको थियो।
आईओसीले हरेक पन्ध्र दिनमा पेट्रोल, डिजेल र मट्टितेलको निर्यात मूल्य समीक्षा गर्छ भने हवाई इन्धन र खाना पकाउने ग्यास जस्ता अन्य उत्पादनहरूको मासिक रूपमा समीक्षा गर्छ।
इन्धनको मूल्य घटे पनि तेलको एकाधिकार पाएको कम्पनिले आईओसीलाई तिर्नुपर्ने बक्यौता बताउँदै मूल्य यथावत राखेको छ।
निगमले अहिले पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री गरिरहेको छ।