Tuesday, May 30, 2023
spot_img
Homeसमाचारमाध्यमिक विद्यालय(एसईई) को पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

माध्यमिक विद्यालय(एसईई) को पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं, १७ चैत। देशभर बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक विद्यालय परीक्षा (एसईई)को पहिलो दिन आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसइई देशका ७७ वटै जिल्लाका २ हजार ३६ परीक्षा केन्द्र र जापानमा स्थापना गरिएको एउटा परीक्षा केन्द्रमा भएको थियो।

बारा जिल्लामा एक विद्यार्थीले प्रश्नपत्र बाहिर निकाल्ने प्रयास गरेको भन्दै उनको परीक्षा रद्द गरिएको छ। प्रश्नपत्र बाहिरिनबाट रोकेर उनलाई परीक्षा दिन रोक लगाइएको थियो भने अन्य परीक्षार्थीले आफ्नो परीक्षा जारी राखेको परीक्षा नियन्त्रक श्रेष्ठले बताए। यस विषयमा सम्बन्धित निकायले छानबिन गरिरहेको उनले बताए।

त्यसैगरी विभिन्न कारणले जेल तथा सुधार गृहमा रहेका विद्यार्थीले पनि आ–आफ्नो ठाउँबाट परीक्षा दिएको श्रेष्ठले जानकारी दिए।

परीक्षार्थीमा जापानको केन्द्रमा परीक्षामा बसेका १४ जना विद्यार्थी पनि छन्। जापानका विद्यार्थीहरुले जापान सरकारको स्वीकृतिमा नेपाली पाठ्यक्रम पढाउने टोकियोस्थित शैक्षिक संस्थाबाट एसईई लिइरहेको श्रेष्ठले जानकारी दिए।

परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन गरिएको छ। यस वर्षको एसईईका लागि कुल ५० लाख प्रश्नपत्र प्रकाशित भएका छन् । परीक्षा बैशाख १ सम्म चल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको