Monday, December 11, 2023
spot_img
Homeसमाचारआजको मौसम पूर्वानुमान, काठमाडौंमा पानी पर्ने सम्भावना

आजको मौसम पूर्वानुमान, काठमाडौंमा पानी पर्ने सम्भावना

काठमाडौं, ६ चैत। देशमा अहिले स्थानीय वायु प्रणालीसँगै पश्चिमी वायुको प्रभाव परेको छ। जसका कारण देशभरको मौसममा आंशिकदेखि सामान्य परिवर्तन भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी आज दिउँसो मौसम प्रणालीमा सामान्य पूर्ण परिवर्तन हुनेछ।

आज राति देशभर आंशिक बदली रही पहाडी भेग र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखा द्वारा प्रकाशित मौसम पूर्वानुमान बुलेटिन अनुसार काठमाडौं उपत्यकामा आज बिहानैदेखि सामान्य परिवर्तन भएको छ। दिउँसो काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको छ। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको