Friday, March 29, 2024
spot_img
Homeसमाचारआगामी मंसिर २ गते संघीय र प्रादेशिक निर्वाचन गर्न आयोगको सुझाव

आगामी मंसिर २ गते संघीय र प्रादेशिक निर्वाचन गर्न आयोगको सुझाव

काठमाडौँ२२ असार। निर्वाचन आयोगले संघीय र प्रादेशिक निर्वाचन मंसिर २ गते शुक्रवार गराउन सरकारलाई सिफारिस गरेको छ।

आयोगले यसपटक दुईवटा निर्वाचन एकै चरणमा गर्ने लक्ष्य राखेको छ। बि.स. २०७४ मा पछिल्लो संघीय, प्रदेश र स्थानीय निर्वाचन दुई फरक मितिमा सम्पन्न भएको थियो।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा आयोगले मिति सिफारिस गरेको हो। ‘हामीले संघीय र प्रादेशिक निर्वाचनका लागि मंसिर १८ गते सिफारिस गरेका हौ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। ‘हामीले एकै दिनमा देशभर दुवै निर्वाचन गराउन सक्छौँ उनले थपे।

आयोगले विज्ञप्ति जारी गर्दै एकै चरणमा निर्वाचन गराउनु व्यवस्थापनको दृष्टिकोणले लागत प्रभावकारी साथै सहज हुने जनाएको छ। निर्वाचन आयोग ऐन २०७४ अनुसार सरकारले निर्वाचन आयोगसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्नेछ।

थपलियाका अनुसार प्रधानमन्त्री देउवाले मंसिर ५ अगावै निर्वाचनको मिति तय गर्नु राम्रो हुने भन्दै प्रतिक्रिया दिनुभएको थियो। एकै चरणमा निर्वाचन गराउन प्रधानमन्त्री पनि सहमत हुनु भएको कुरा पनि उनले बताए।

आगामी निर्वाचनबाट प्रथम पद(प्रत्यक्ष निर्वाचन प्रणाली) अन्तर्गत १ सय ६५ र समानुपातिक प्रतिनिधित्व प्रणालीबाट १ सय १० सदस्य निर्वाचित हुनेछन्। त्यसैगरी, सात प्रदेश सभाका लागि प्रत्यक्ष प्रणालीमा ३३० र समानुपातिक प्रणालीमा २२० सदस्य निर्वाचित हुनेछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको