Saturday, September 23, 2023
spot_img
Homeसमाचारकोशी ब्यारेजमा ट्रक खस्यो, चालक र यात्रुको उद्धार

कोशी ब्यारेजमा ट्रक खस्यो, चालक र यात्रुको उद्धार

काठमाडौं, २९ असार। पूर्व–पश्चिम राजमार्गको कोशी ब्यारेजमा आज एउटा ट्रक सडकबाट तल खसेको छ।

मे १ ख ३००७ नम्बरको ट्रक पूर्वबाट आउँदै गरेको मे १ ख १८६५ नम्बरको बससँग ठोक्किएपछि ब्यारेजको गेट नम्बर १० मा खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घटनापछि ट्रकका चालक र अन्य यात्रुको सकुशल उद्धार गरिएको र हराएका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश सिंहले जानकारी दिए।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको