Sunday, December 10, 2023
spot_img
Homeसमाचारउपराष्ट्रपतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराए

उपराष्ट्रपतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराए

काठमाडौं, २७ फागुन। उपराष्ट्रपति पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा थियो। तोकिएको समयसम्म चार जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो।

उक्त पदका लागि नेकपा (एमाले)ले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवारी दिएको छ भने १० दलीय गठबन्धनका तीनजनाले उम्मेदवारी दिएका छन्।

गठबन्धनमा जनता समाजवादी पार्टीबाट रामसहायाप्रसाद यादव र प्रमिला यादव र जनता पार्टीबाट ममता झा उम्मेदवार छन्। गठबन्धनले आउँदो आइतबारसम्म साझा अधिकृत उम्मेदवार छनोट गर्ने जनमत पार्टीका अध्यक्ष सिके राउतले उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई जानकारी दिए।

आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको