Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeसमाचारमतदान सकियो, मतगणना सुरु

मतदान सकियो, मतगणना सुरु

काठमाडौं, २५ फागुन। राष्ट्रपतिको निर्वाचन अन्तर्गतको मतदान सकिएको छ। संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा रहेको छुट्टाछुट्टै मतदान केन्द्रमा आज मतदान भएको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।

केही समयअघि मतगणना सुरु भएको र आजै नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपति निर्वाचनमा आज संघीय संसदका ३ सय १३ र प्रदेश सभाका ५ सय १८ सदस्यले मतदान गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ र नेपाल मजदुर किसान पार्टीका एकजनासहित १५ जना संघीय संसद सदस्य तटस्थ रहे र दुवै उम्मेदवारलाई मतदान गरेनन्।

संघीय संसदका छ जना सांसदले मतदानमा भाग लिएनन्। उनीहरु हुन् भारतमा स्वास्थ्य उपचार गराइरहेका चन्द्र भण्डारी, चीनमा उपचार गराइरहेका वर्षमान पुन, अदालतमा मुद्दा चलेका लक्ष्मी कोइरी, निलम्बनमा परेका टेकबहादुर गुरुङ, पदबाट हटाएपछि रिक्त रहेका रवि लामिछाने र निधन भएकी सहानाज रहमान रहेका छन्।

त्यसैगरी मतदानमा सहभागी नहुने प्रदेशसभा सदस्यमध्ये राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका तीन र जनता समाजवादी पार्टी नेपालका एक जना तटस्थ रहे।

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।

पौडेल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीका साझा उम्मेदवार हुन्।

राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद र प्रदेश सभाका सदस्य रहने व्यवस्था छ। सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेश सभामा (संघीय संसद्अन्तर्गत ३३२ र प्रदेश सभाअन्तर्गत ५५०) गरी जम्मा ८८२ योग्य मतदाता छन्।

संविधानअनुसार कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपतिमा निर्वाचित हुन पाइँदैन। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको