काठमाडौं, २४ फागुन। आज दिउँसो देशका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी र गण्डकीका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव अझै कायम रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहने छ।
पहाडी भू–भागमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। (रासस)