Saturday, September 23, 2023
spot_img
Homeसमाचारओखलढुङ्गा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

ओखलढुङ्गा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, २१ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओखलढुंगामा भएको सडक दुर्घटनामा परी घाइते भएकाहरुको तत्काल उद्धार गर्न निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेको तत्काल हेलिकप्टरबाट उद्दारका लागि सेनाले उद्धार कार्य सुरु गरेको जानकारी पनि दिएका छन्।

जिल्लाको चिशंखुगढी गाउँपालिका–५ दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शीघ्र उद्धारका लागि निर्देशन दिएको बताएका छन्।

बिहान भएको बेलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। गम्भीर घाइतेलाई नेपाली सेना र सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

मृत्यु हुनेमा सोही इलाकाका ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठ रहेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ, पाँच यात्रुको क्षमता भएतापनि बेलेरोमा १३ जाना यात्रु सवार थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको