Tuesday, September 26, 2023
spot_img
Homeसमाचारओखलढुंगामा जीप दुर्घटना हुँदा सात जना घाइते

ओखलढुंगामा जीप दुर्घटना हुँदा सात जना घाइते

काठमाडौं, १८ माघ। सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–७ हिलेपानीमा जीप सडकको पर्खालमा ठोक्किँदा सात जना घाइते भएका छन्।

ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुकदेव खनालले सात घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको र घाइतेको उदयपुरको घुर्मीस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जानकारी दिए।

१४ जना यात्रु लिएर प्र १-०१-०७ नम्बरको जीप ओखलढुंगाबाट धरान जाँदै थियो।

ओरालो बाटोमा धेरै झुकाव भएकाले जीप अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको