Tuesday, September 26, 2023
spot_img
Homeसमाचारभोकमरी सूचीमा नेपालको सुधार; भरात भने खस्कियो

भोकमरी सूचीमा नेपालको सुधार; भरात भने खस्कियो

काठमाडौं, १६ माघ। सन् २०२२ को विश्वव्यापी भोकमरी सूचकांकमा नेपालले १९.१ अंकका साथ भोकमरी न्यूनीकरणमा सुधार गरेको छ। सन् २०१४ मा नेपालको अंक २१.२ थियो।

नेपाल १ सय २१ देश मध्ये ८१ औं स्थानमा छ र केही दक्षिण एसियाली देशहरू, भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेश भन्दा अगाडि छ। तर, १३ दशमलव ६ अंकसहित ६४ औं स्थानमा रहेको श्रीलंकाभन्दा पछि छ। २९ दशमलव १ अंकसहित १ सय ०७ औं स्थानमा झरेकाले भारतको स्थान खस्किएको छ।

सबैभन्दा बढी भोकमरी रहेको देश यमन हो भने सबैभन्दा कम भोकमरी कोस्टारिकामा छ। यमन ४५.१ अंकका साथ १ सय २१ औं स्थानमा छ। पहिलो स्थानको कोस्टारिकाले ५.३ अंक प्राप्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको