काठमाडौं, १६ माघ। धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आइतबार सीमा पर्खाल भत्काएर ६ जना थुनुवा फरार भएका छन्।
धनुषा जिल्लाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका ६ जना पर्खाल भत्काएर भागेको जानकारी दिए। फरार बन्दीहरुमा रोशन महतो, शंकर महतो, विनोदकुमार महतो, अनित मण्डल, रोशन यादव र हरि घिसिङ रहेका छन्।
हिरासत कक्षको दक्षिणी भागबाट पर्खाल भत्काएर थुनुवाहरु भागेको हुन सक्ने उनले बताए।
उनले भने, ‘फरार रहेकाहरुको खोजी कार्य तिव्र गतिमा भइरहेको छ।