काठमाडौं, १४ माघ। सरकारको केन्द्रीय सर्भर सञ्चालनमा आएको छ। करिब पाँच घण्टापछि सर्भर सुचारु भएको थियो। सर्भर सञ्चालनमा आएसँगै सरकारी वेबसाइट खुल्न थालेका छन्।
यसअघि सर्भर डाउन हुँदा सरकारी वेबसाइटहेउ डाउन भएको थियो। सरकारी वेबसाइट र सफ्टवेयर डाउन हुँदा अत्यावश्यक सेवाहरू पनि प्रभावित भएका छन्।
प्राविधिक कारणले सर्भर डाउन भएको राष्ट्रिय सूचना केन्द्रका सहायक निर्देशक रमेश पोखरेलले बताए। ‘प्राविधिक समस्या थियो र सर्भर डाउन थियो, समस्या समाधान भयो, सरकारी वेबसाइट खुलेपछि उनले भने।