काठमाडौं, १४ माघ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउनका कारण आज दिउँसो दुई घण्टादेखि प्रभावित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ।
अहिले अन्तर्राष्ट्रिय उडान म्यानुअल रूपमा हुन थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। ‘उडानहरु सामान्य रुपमा म्यानुअल रुपमा भइरहेका छन्,’ ठाकुरले भने।
यसअघि आज सर्भर डाउनका कारण बाहिरिने र आउने उडान प्रभावित भएका थिए।
अहिले विमानको अवतरण र टेकअफमा कुनै चुनौती छैन। तर, लाउन्जमा यात्रु व्यवस्थापनमा केही समस्या भएकाले विमानस्थलमा भीडभाड हुने भएको उनले बताए। (रासस)



