काठमाडौं, १३ माघ। सर्वोच्च अदालत बाहिर रवि लामिछानेको पक्षमा नारा लगाउने ५ जना पक्राउ परेका छन्।
सर्वोच्च अदालतले लामिछानेको नागरिकता मुद्दामा फैसला गर्दै सांसद पद खारेज गरेपछि लामिछानेको पक्षमा नारा लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
लामिछानेका समर्थकले उनको पक्षमा प्रदर्शन गर्न थालेपछि आन्दोलनकारी पक्राउ परेका हुन्।