काठमाडौं, १३ माघ। सरकारले स्थायी बसोबासको विकल्प नदिई आफ्नो निष्कासन रोक्न माग गर्दै सुकुम्वासीले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन्।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले आयोजना गरेको विरोध प्रदर्शनमा विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनकारीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली गरेका थिए। उनीहरुले सरकारसँग अभियानकर्तामाथिको ‘झुटा मुद्दा’ फिर्ता लिन पनि माग गरेका छन्।