काठमाडौं, १३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत लोक गायक पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र गायकका फ्यानमा समवेदना प्रकट गरेका छन्।
पौडेलको आज स्याङ्जास्थित आफ्नै निवासमा निधन भएको हो। दुई महिनादेखि उपचार गराइरहेका उनको रक्तअल्पताका कारण आज निधन भएको हो।
लोकगायकका रुपमा चर्चित पौडेलले दर्जनौं लोक तथा दोहोरी गीत गाएका छन्। उनको आजै पोखराको रामघाटमा अन्तिम संस्कार गरिने भएको छ। (रासस)