काठमाडौंका नेवा जनताका लागि इन्द्रजात्रा भनेर चिनिने “येँया पून्हि” सबैभन्दा ठूलो चाड हो।
संस्कृतिविद् चुन्द बज्राचार्यका अनुसार ‘नेवा संस्कृतिमा साँस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको “येँया” बहुआयामिक पर्व हो, जसमा हरेक नेवा जातिको संलग्नता देखिन्छ,’।
नेवा: परम्परा अनुसार भाद्र शुक्ल पक्ष ‘यँलाथ्व द्वादशी’को दिन मनाइने इन्द्र ध्वजोत्थानबाट प्रारम्भ भएर ‘यँलागाः चौथी’ अर्थात् इन्द्र ध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासङ सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रही आएको छ। अनुहारमा विभिन्न देवी देउताका ‘ख्वापाः’ (अर्थात् मुखौटा) लगाएर नेवा: समुदायका विभिन्न गुठी र समूहहरू मिली नाचगान गर्ने गरिन्छ।
मानवशास्त्री आभास राजोपाध्यायका अनुसार इन्द्रजात्रा एक पर्व हो जसले उपत्यकामा हजारौं वर्षदेखि सत्ता परिवर्तनसँगै आएका परिवर्तनलाई व्यापक रूपमा चित्रण गर्छ।

काठमाडौं उपत्यकाका तीन जिल्ला, धुलिखेल र दोलखामा मनाइने आठ दिनसम्म चल्ने यो पर्व हनुमानढोका दरबार चोकमा लिङ्गो (पवित्र काठको खम्बा) जडान गरी औपचारिक रुपमा सुरु हुन्छ।
नेपाल भाषामा यासिन भनिने काठको खम्बालाई येँया(इन्द्रजात्रा) को समयमा हनुमानढोका दरबार बाहिर स्थापित गरी चाडपर्वको शुरुवात गर्ने अनुष्ठानको रुपमा पूजा गरिन्छ।
तान्त्रिक विधिद्वारा पूजाआजा गरी एउटा विशेष प्रक्रियाको लागि तयार पारिएको कालो बोकोलाई काभ्रे जिल्लाको उग्र चण्डी नालास्थित जङ्गलमा छाडिएपछि उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलाई काटेर एकादशीका दिन विधिपूर्वक इन्द्र ध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। यसरी तयार भएको लिङ्गोलाई स्थानीय नेपाल भाषामा ‘योंसी’ समेत भनिन्छ। उक्त लिङ्गोलाई वसन्तपुर दरबार स्क्वायरस्थित हनुमानढोकाको परिसरमा अवस्थित विशाल काल भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाआजाको प्रक्रिया पश्चात् लिङ्गो ठड्याइएपछि ‘इन्द्र ध्वजोत्थान’ सम्पन्न हुन्छ र प्रारम्भ हुन्छ विधिवत् रूपमा इन्द्रजात्राको चहलपहल।

इन्द्रजात्राको पहिलो दिन, नेपालभाषामा यासिनः थानेगु (वा नेपालीमा इन्द्रध्वज रोहन) भक्तपुरको नालामा रहेको रुखबाट बनेको काठ ल्याएर । सायमी वा मानन्धरहरूले लगी ल्याउने र तान्ने चलन राखेका छन्। सायमी वा मानन्धरहरूले काठ ल्याउने र तान्ने चलन रहेको छ र शुभ समयमा पूजा गरि र धूमधामका साथ बन्दुकको गोली चलाएर औपचारिक पोल खडा गरिन्छ।

चाडपर्वको मुख्य आकर्षणका रुपमा रहने गणेश, भैरव र जीवित देवी कुमारीको रथयात्रालगायत विभिन्न कार्यक्रमहरु गरि मनाईन्छ। स्थानीयले हातैले तान्ने गणेश, भैरव र कुमारीको रथबाहेक सहरका विभिन्न भागमा डाँगी, माजिपा लाखे र पुलुकिशी पनि वार्षिक रूपमा देखा पर्छन्।
