काठमाडौं, ८ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
झण्डै ६ महिनापछि प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीचको यो पहिलो भेट हो।
प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले भेट भएको पुष्टि गरेका छन्।
मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्ट संसदबाट अनुमोदन हुनुअघि गत फेब्रुअरीमा देउवा र ओलीबीच पछिल्लो पटक भेट भएको थियो।
नागरिकता विधेयक र अन्य समसामयिक मुद्दाहरू एजेन्डामा रहेपनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का नेता केपी शर्मा ओलीबीच आज चार विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक मुद्दा, संविधान, लोकतन्त्र र आगामी निर्वाचनका विषयमा छलफल भएको थियो।
एमाले अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेता सुवास नेम्वाङ र प्रधानमन्त्री देउवासँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि थिए।



