काठमाडौं, २९ असार। पछिल्लो २४ घण्टामा २ सय ६ जनामा संक्रमण पुष्टि र ४५ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बुधवार १ हजार ५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जानालाई परीक्षण गरिएको थियो जसमा २ हजार ८२ पीसीआर परीक्षणमा १ सय ७७ जाना र एक हजार ९३ एन्टिजेन परीक्षणमा २९ जनामा गरि कुल २ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार ३ हजार १ सय २६ जानालाई परीक्षण गरिएको थियो जसमा एक हजार ८ सय ५ पीसीआर परीक्षणमा १ सय ४४ जाना र एक हजार ३ सय २१ एन्टिजेन परीक्षणमा ३३ जनामा गरि कुल १ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
आइतवार सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६ सय ७८ थियो भने बिगत चार दिनमा ६ सय ७२ जनामा संक्रमण पुष्टि र १ सय ५४ जनाको डिस्चार्ज भएसँगै राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बुधवार १ हजार ५ पुगेको हो।