काठमाडौं, २८ असार। पछिल्लो २४ घण्टामा १ सय ७७ जनामा संक्रमण पुष्टि र ४१ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या मङ्गलवार ८ सय ७३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय २६ जानालाई परीक्षण गरिएको थियो जसमा एक हजार ८ सय ५ पीसीआर परीक्षणमा १ सय ४४ जाना र एक हजार ३ सय २१ एन्टिजेन परीक्षणमा ३३ जनामा गरि कुल १ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार ३ हजार २० जानालाई परीक्षण गरिएको थियो जसमा एक हजार ८ सय ३४ पीसीआर परीक्षणमा १ सय २९ जाना र एक हजार १ सय ८६ एन्टिजेन परीक्षणमा ३९ जनामा गरि कुल १ सय ६८ जनामा कोरोना पोजेटिभ देखिएको थियो।