काठमाडौँ, २० असार। आज देखि हैन हामीले सुनेको तर नदेखेको सत्ययुग देखिनै समाचार भन्ने र सुन्ने परम्परा थियो भनिन्छ, त्यो बेलाको आवाज हुनु हुन्थ्यो भगवान नारायण, ठाउँ-ठाउँ घुम्ने समाचार संकलन गर्ने र एउटाको खबर अर्कोलाई दिने, महत्वपूर्ण, रोचक-घोचक हरेक किसिमको समाचार सबैलाई खबर गर्ने काम वहाँले नै गर्नु हुन्थ्यो। कसैलाई समाचार घुमाएर भन्दिदा फाइदा हुन्छ भने वहाँले समाचार घुमाएर पनि सुनाइदिनु हुन्थ्यो। सायद वहाँ नै होला पहिलो समाचार सुनाउने ! नारायण नारायण!!!
पछि हाम्रै युगमा हाम्रा पिता पुर्खाको पालामा ठाउँ-ठाउँ मा गएर संख फुकेर ढोल बजाएर पनि समाचार दिने चलन थियो। एउटा भरपर्दो समाचार आधान प्रधान गर्ने माध्यम थियो दूत, दूतको काम जस्ताको त्यस्तै समाचार सुनाइदिने हुन्थ्यो। सबैले दूतको समाचारलाई सत्य मान्थे र समाचार फर्काउनु पर्यो अथवा दिनुपर्यो भने पनि उसैलाइ खबर गर्दथे, दूतको आवाजको धेरै महत्वो थियो त्यति खेर।
यसै गरी बिस्तारै मान्छेको समाचार सुन्ने इच्छा पनि बढ्दै गयो र भन्ने माध्यम पनि उही क्रममा विकास हुदै गयो। जर्मनमा १६०५ मा प्रकासित भयो पहिलो पत्रिका अनी सुरु भयो देश-विदेशमा पत्रिका छाप्ने एउटा लहर, हाम्रो नेपालले पनि “गोर्खा भारत जीवन” नाम गरेको नेपाली भाषाको पहिलो मासिक पत्रिका १८८६, बनारसमा प्रकासित गरे भने “सुधा सागर” नाम गरेको पहिलो पत्रिका नेपालमा १९९८ मा रामकृष्ण बर्मा ज्यूबाट प्रकाशित भयो। संविधानमा पनि समाचार सुन्ने-सुनाउनेको हक अधिकारको बारेमा लेख्न थालियो। अहिले त पत्रकारलाई नेपालमा पनि राष्ट्रको चौथो अंगको रुपमा मान्न थालिएको छ।
मानिसको सहि सत्य समाचार सुन्न पाउने इच्छा अधिकारलाई दूत बनेर जस्ताको त्यस्तै पस्किन सबैको आवाज बनेर हामी पनि “दूत आवाज” लिएर आजकै दिन बाट पहिलो पाइला टेक्दै छौं। आशा छ हजुरहरुले रुचाउनु हुनेछ, दूत को आवाज तपाई सम्म ………श्री गणेशाय नम: