काठमाडौं, ३२ असार। पछिल्लो २४ घण्टामा २ सय ५ जनामा संक्रमण पुष्टि र ५१ जनाको डिस्चार्ज भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या शनिवार १ हजार ३ सय ८५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९० जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार १ सय ९९ पीसीआर परीक्षणमा १ सय ५२ जाना र १ हजार ८ सय ९१ एन्टिजेन परीक्षणमा ५३ जनामा गरि कुल २ सय ५ जनामा कोरोना पोजेटिभ देखिएको हो। आज कोभिड–१९ का कारण कसैको मृत्यु भएको छैन। आज १ लाख ८२ हजार ९ सय ५९ जानाले कोरोना बिरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको हिजोको २४ घण्टाको तथ्याङ्क अनुसार ३ हजार ७ सय १८ जानालाई परीक्षण गरिएको थियो जसमा १ हजार ६ सय ४४ पीसीआर परीक्षणमा १ सय ६१ जाना र २ हजार ४७ एन्टिजेन परीक्षणमा ६८ जनामा गरि कुल २ सय २९ जनामा कोरोना पोजेटिभ देखिएको थियो।