Tuesday, March 19, 2024
spot_img
Homeविजनेसकारोबार रकम बढेतापनि ९.७५ अंकले घट्यो नेप्से !!!

कारोबार रकम बढेतापनि ९.७५ अंकले घट्यो नेप्से !!!

सोमवार, असार-२०, २०७९। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ९.७५ अंक वा ०.४७ प्रतिशतले घटेको छ। २०८६.३८ को विन्दुमा आइतवार बन्द भएको नेप्से आज सोमवार २०७६.७ विन्दुमा कायम भएको छ।

१ करोड ९ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २३४ स्टकको ७५ हजार ७ सय ९० पटक कारोबार भएको छ भने कुल रकम ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रुपैयाँ २० पैसाको कारोबार भएको छ।

आज २ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएता पनि अन्तिम मिनटमा नेप्से घटेको हो। कारोबार रकमका आधारमा आज शिभम सिमेन्ट शीर्ष स्थानमा रहेको छ र १ करोड ७५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको