Tuesday, September 26, 2023
spot_img
Homeखेलकुदफिफाले विश्वकप २०२२ मा अर्ध-स्वचालित अफसाइड प्रविधिको प्रयोग गर्ने भएको छ

फिफाले विश्वकप २०२२ मा अर्ध-स्वचालित अफसाइड प्रविधिको प्रयोग गर्ने भएको छ

फिफाले नोभेम्बर २१ मा सुरु हुन गईरहेको फिफा विश्व कप २०२२ मा सेमी-स्वचालित अफसाइड टेक्नोलोजी प्रयोग गर्ने भएको छ। यस उपकरणले भिडियो म्याच रेफ्री र मैदानमा रहेका रेफ्रीहरुलाई अफसाइड निर्णयहरू गर्न मद्दत गर्ने अपेक्षा राखीएको छ।

रूसमा सन् २०१८ फिफा विश्वकप मा “भार” प्रविधिको सफल प्रयोग पछि, फिफा अध्यक्ष Gianni Infantino ले आगामी नोभेम्बर २१ मा सुरु हुन गईरहेको फिफा विश्व कप २०२२ मा सेमी-स्वचालित अफसाइड टेक्नोलोजी प्रयोग गर्ने घोषणा गरेका हुन्। यस टेक्नोलोजीले भारलाई अझ बलियो बनाउने पूर्ण रुपमा बिस्वास रहेको पनि उनको भनाइ थियो। पछिल्लो तीन वर्षमा, फिफाले वास्तवमा खेलमा प्रविधिको अत्याधुनिक उचाई चुमेको कुरामा दुई मतनै छैन।

एडिडास र विभिन्न साझेदारहरूसँग काम गरेर, फिफाले सेमी-स्वचालित अफसाइड प्रविधिको प्रयोग सहित भार प्रणालीलाई अझ सुधार गर्न विगत केही वर्षहरू खर्च गरेको छ।

नयाँ प्रविधिले बल ट्र्याक गर्न स्टेडियमको छत मुनि माउन्ट गरिएका १२ ट्र्याकिङ क्यामेराहरू प्रयोग गर्दछ र प्रत्येक खेलाडीको २९ डाटा पोइन्टहरूको स्थिति गणना गर्नेछ। २९ संकलित डाटा पोइन्टहरूले अफसाइड कलहरू रेफ्रीलाई दिने छ। यस प्रविधिको पहिले फिफा अरब कप २०२१ र फिफा क्लब विश्व कप २०२१ लगायतका फिफा टूर्नामेंटहरूमा प्रत्यक्ष रूपमा परीक्षण गरिएको छ।

अल रिहला, कतार २०२२ को लागि एडिडासको आधिकारिक म्याच बल भित्र इनर्टियल मापन एकाइ (IMU) सेन्सर राखिने भएकोले कडा अफसाइड घटनाहरू पत्ता लगाउनको लागि थप महत्त्वपूर्ण तत्व प्रदान गर्नेछ। बलको केन्द्रमा रहेको यस सेन्सरले भिडियो अपरेशन रुममा बलको डाटा प्रति सेकेन्ड ५०० पटक पठाउँने छ।

नयाँ टेक्नोलोजी फुटबलको संसारमा प्रयोग गर्न सकिन्छ भन्ने सुनिश्चित गर्न र विश्वव्यापी रुपमा लागू हुनु अघि एस्ता प्रणाली हरुलाई राम्रो बनाउन आगामी महिनाहरूमा थप परीक्षणहरू सञ्चालन गर्नु पर्ने फिफा अध्यक्ष Gianni Infantino को भनाइ रहेको थियो।

सेमी-स्वचालित अफसाइड टेक्नोलोजी सेटअप र जडान गरिएको बल टेक्नोलोजीका सबै विवरणहरू जुलाई ४ र ५ मा दोहामा हुने टिम वर्कशपमा फिफा विश्वकप २०२२ का लागि छनोट भएका सबै टोलीहरूलाई प्रस्तुत गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको