Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकला/साहित्यजिन्दगी: प्रश्न एक, जवाफ अनेक

जिन्दगी: प्रश्न एक, जवाफ अनेक

बिहानको करिब नौ बजेको हुँदो हो । लोकराज पाण्डेको इन्स्टाग्राम नोटमा “संसारमा सबैभन्दा ठूलो झुट- म आराम छु” लेखेको पङ्क्तिकारले फ्याट्ट देख्नुहुन्छ । मनमा लाग्यो कि दिमागमा आयो खै ? मन र दिमागवाला विरोधाभास उहाँको पुरानै रोग हो । यिनिहरूको कार्यविभाजनप्रति उहाँको बुझाइ अलिक कमजोर छ । उहाँ यो विरोधाभासमा बाँच्दै आउनु भएको छ ।

खैर, यहाँ भयो के भन्ने तर्फ लागौँ क्यारे । अं, नोटको रिप्लाईमा उहाँले फ्याट्ट लेख्नुभयो- “सन्चै छौ ? आराम छौ ? भन्ने प्रश्न नै गलत हो हिजोआज” । गलत प्रश्नका जवाफ गलत आउनु स्वाभाविक हो । यहीँ कुरा दिमागमा आएको हो कि मनलाई लागेको हो भन्ने नबुझेर माथी त्यति गन्थन गरिसक्नुभयो ।

पङ्क्तिकारको हातमा कप छ । कपमा कालो चिया छ । मुखमा पुरै नचपाइएको सेलरोटीको टुक्रा, जुन अर्घाखाँचीबाट २४/२५ घण्टाको यात्रापश्चात केन्द्रीय राजधानी काठमाडौं आइपुगेको हो, लाई पुरै चपाएर अब कालो चियाको एक घुट्कीले निल्नु छ, घुटुक्क । यति भनेपछि- तिहार सकिएको केही दिन पछिकै कुरा हो भनेर तपाईं अनुमान लगाउन हतार गर्नुहुन्छ, यति मनोविज्ञान पङ्क्तिकारले पनि बुझ्नुहुन्छ । र भन्नुहुन्छ, तपाईंले लगाएको अनुमान सोह्रै आना सही छ ।

“सन्चै छौ ?
कहिले सोधेका हौ ?
पछिल्लो पल्ट आफैँलाई”

माथी उल्लेखित तीन हरफ पङ्क्तिकारले केही महिना अगाडि लेख्नुभएको हो । आज आएर पाण्डेको स्टोरीले उहाँलाई यी हरफहरू याद गराएको छ । र, पुरै नचपाइएको सेलरोटी न निल्नु न ओकेल्नु बनाएको छ । यसपश्चात्, उहाँ अब स्मृतिपथ हुँदै आफ्नै मनको सम्झनालयमा प्रवेश गर्नुहुन्छ । नि: शूल्क प्रवेश । हाय, सम्झनामय जिन्दगी ।
उक्त सम्झनालयमा अन्य यस्तै खाले शब्दका हरफहरू क्रमश: भेटिदै जान्छन्, जुन यसप्रकार छन्:

१.”नसोध्नु हालखबर के छ भनी
  झस्काउछ यो पश्नले
   अक्सर हाल बिगारीदिएर
   खबर सोध्न आउँछन् मान्छेहरू”

२. “याद आउँछ
   छोड्नेहरूको पनि
   अचेल गुँड चिसो भएको छ ।”

३.”एउटै त छ मन
  र पनि बारबार दुखाउँँछन्”

४. “छुटेको प्रेम
   अति मिल्ने दौँतरी
   सम्झना मात्रै”

५. “घुम्तीमा पुग्यौ
   तिमी अलमलमा
    म बिचल्लीमा”

अक्सर, आफैँलाई बिर्सने यस्तो सामान्य परिस्थिती या समयमा यस्ता असामान्य कुराहरू भइरहनु पर्छ । स्मृतिपथ र आफ्नै मनको सम्झनालय अस्तित्वमा आइरहनु पर्छ । अलिकति आफैँलाई सम्झिन, आफैँलाई कोट्याउन, आफैँलाई नियाल्न र अन्ततः आफैँलाई एक प्रेमिल अँगालो हाल्न ।

तपाईंले पनि त आफुलाई बिर्सेर जीवनको एक टुक्रो पक्कै व्यतीत गरिसक्नु भयो होला, होइन ? यस लेखमा उल्लिखित विभिन्न प्रश्न तपाईंको जवाफ पर्खेर बसेका हुन सक्छन् । पङ्क्तीकारले आशा गर्नुहुन्छ, तपाईंले ती प्रश्नको भोक मेटाउदै अगाडि बढ्नु हुनेछ ।

उसो त यदाकदा पङ्क्तिकार “सन्चै छु ? सन्चै छैन ?” भन्ने कुरामा घोतलिरहनु हुन्छ । के हुनु सन्चो हुनु हो ? के नहुनु सन्चो नहुनु हो ? उहाँ कहिलेकाहीँ अलिक मेसो पाउँनुहुन्न । सन्चै हुँदा नि छैन कि जस्तो लाग्छ । फेरि सन्चो नहुँदा नि सन्चै छु कि झैँ लाउँछ । यो द्वन्द्व पनि मन र दिमागको जस्तै हो । उहाँले यसबाट छुटकारा पाउनुहुन्न । पाउनुहुन्न कि पाउन चाहनुहुन्न ? कहिलेकसो अलमलमै\भ्रममै बाँच्न नि मजै हुँदो हो । “हिउँ  भन्दा चिसो” नाटक याद छ नि ?

प्रश्नहरू पनि अचम्मैका हुने । सन्चै छौ ? भन्ने प्रश्नको जवाफ पनि कति घनिष्ठ व्यक्तिले प्रश्न गर्दै छ भन्ने कुराले तय गर्ने रहेछ । पङ्क्तिकारलाई लाग्छ, फ्याट्ट प्रश्न सोध्छ कसैले- सन्चै छौ ?  यस प्रश्नको जवाफ व्यक्तिअनुसार देहाय बमोजिम हुन सक्छ: यो नितान्त उहाँको परीक्षणमा आधारित हो ।

१. हजुर ठिक छ नि ।
२. ठिक छु भन्नुपर्यो ।
३. हजुर मलाई ठिक छ । हजुरलाई कस्तो छ ?
४. छु क्यारे तर रुन आइराछ ।
५. ठिक छैन, भेट्न आइजा न ।
६. अलिक दिन भयो, ठिक छैन् । चिया खाम न ।

यी जवाफमध्ये कुनै पङ्क्तिकारले आफ्नो प्रश्नको जवाफमा पाउनु भएको हो त कुनै उहाँलाई गरिएको प्रश्नमा दिनु भएको जवाफ हो । 

हुन त बिहान कुनबेला उठ्यो ? के खाजा खायो ? खाना खायो खाएन ? दिउँसो कहाँ गयो ? को को लाई भेट्यो ?  कोसँग खाजा खायो ? राती कुनबेला सम्म बस्यो ? कुनबेला सुत्यो ? भन्ने जस्ता प्रश्नहरूको छिनछिनमा जवाफ पाइने स्न्यापच्याटको युगमा सन्चै छौ भन्ने प्रश्न गरिरहन पनि नपर्ला ।

यद्यपि, कसैले सोधेको “सन्चै छौ ?” भन्ने प्रश्न मात्रै पनि कति मिठास बोकेर आउने । ठिक नहुँदा नहुँदै पनि ठिक छु भन्ने जवाफ ओठमै बोकेर बाँचेको यो समयमा कसैको यो प्रश्न यस्तो लाग्ने, हृदयको हलचल थाहा पाएर हालचाल बुझ्न खोजेजस्तो ।

यो लेखिरहँदा पङ्क्तिकार स्मरण गर्नुहुन्छ- रसिक राज दाइको एउटा स्टाटस । दाइले लेख्नु भएको थियो- ठिक छ । यो भन्नू र नभन्नु उस्तै हो ।

पङ्क्तिकारले कतै सुन्नु भएको हो । साथी यस्तो होस्, जो सँग बोल्दा के बोल्दै छु भनेर सोच्न नपरोस् । यो सँगसँगै पाण्डेको नोटले पङ्क्तिकारलाई यो पनि लागेको छ कि, साथी यस्तो होस्, जसले सन्चै छौ भन्दा मस्तिष्कमा रहेको सन्चै छु भन्ने रेडिमेड जवाफ होइन, हृदयलाई सुनेर वास्तविकता भन्न सकियोस् ।

हिजोआज एउटै घरमा बस्नुले पनि त सन्चै छ भन्ने थाहा पाउन नसकिने रहेछ । अचेल सन्चो, बिसन्चो भन्ने कुरा पनि लुकाउन मिल्ने सकिने भएको छ । एउटै कोठामा बसेर एकअर्काको आँखा जुध्दा मुस्कुराए पनि राती दुई ओछ्यानमा सुतेर रुनु ….अघि देखिएको सन्चो होइन भन्ने पङ्क्तिकारलाई लाग्छ । फेरि रुनु सन्चो नहुनु हो र ? पक्कै होइन । फेरि, विरोधाभास ?

तपाईं पछिल्लोपटक कहिले सन्चो नहुनु भएको हो ? सन्चो नभएको खबर तपाईं सुरुमा कसलाई सुनाउनु हुन्छ ? बढ्दो  उमेरले कतिपय खबर फेरि बाढ्न पनि त नसकिने । तपाईंलाई पनि सन्चो नहुँदा बच्चाबेला सबैभन्दा सुरुमा सन्चो नभएको खबर आमालाई  सुनाएको याद आउँछ ?उस्तै परे आमालाई त सुनाउनै नपर्दो हो । अन्ततोगत्वा सबै आमा उस्तै त हुन् । हेरेरै पनि थाहा पाइदिन्छन, सन्तानको सन्चो, बिसन्चो ।

पङ्क्तिकार आफू सन्चो नभएको खबर आफ्नो एकमात्र अत्यन्त घनिष्ठ मित्र आफैँलाई सुनाउनु हुन्छ, हिजोआज । तपाईंलाई कसलाई सुनाउनु हुन्छ ? यसो त, जीवन सन्चो र बिसन्चोको दोसाँधमा बाँचिरहेको बेला जरुरी पनि रहेनछ । सन्चो छु, सन्चो छैन् भनेर थाहा पाउन । अन्ततः पङ्क्तिकार तपाईं सम्पूर्णलाई सोध्नु हुन्छ, सन्चै हुनुहुन्छ ?

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको