Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeविजनेससंकटग्रस्त अर्थतन्त्रको सुधार मेरो प्राथमिकता : अर्थमन्त्री महत

संकटग्रस्त अर्थतन्त्रको सुधार मेरो प्राथमिकता : अर्थमन्त्री महत

काठमाडौं, १९ चैत। अर्थमन्त्री डा प्रकाशशरण महतले संकटग्रस्त अर्थतन्त्रको सुधार आफ्नो प्राथमिकता र प्रतिबद्धता भएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको दोहोर्‍याउनुभयो। उनले निजी क्षेत्रलाई समेटेर संकटग्रस्त अर्थतन्त्रलाई जोगाउने बताए।

“तपाईको आत्मविश्वासलाई टुट्न दिन्न, म तपाईहरुसँग निरन्तर वार्तामा रहनेछु, अर्थतन्त्र सुधार गर्ने मेरो संकल्प पूरा गर्न तपाईहरुको पूर्ण सहयोगको अपेक्षा गरेको छु,” अर्थमन्त्री महतले भने।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नवनियुक्त अर्थमन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पछिल्लो आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए। उनले केन्द्रीय बैंक र सरकारको संयुक्त पहलबाट बजारमा पैसा भित्र्याएर ब्याजदर घटाउन सुझाव दिए।

नेपाल उद्योग वाणिज्य महासंघले सहकारी तथा लघुवित्तमा तरलता बढाउन पहल गर्न आग्रह गरेको छ।

गोल्छाले सरकारी खर्च पनि धेरै सुस्त भएको भन्दै बढाउनुपर्ने सुझाव दिए । अहिले २५ प्रतिशत मात्रै रहेको पुँजीगत खर्चलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

‘राजस्व सङ्कलन न्यून छ, चालु खर्च धान्न गाह्रो छ, यसका लागि वैदेशिक ऋण लिएर पनि खर्च बढाउनुपर्छ,’ महासंघका अध्यक्षले यसरी परिचालन गरिएको ऋणलाई विकास खर्चमा मात्रै प्रयोग गर्नुपर्ने दोहोर्‍याए।

उनले निजी क्षेत्रको मनोबल बढाउन र राजस्व उठाउने बहानामा आतंकित नगर्न सन्देश दिन पनि आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासंघले व्यापार र लगानीमैत्री वातावरण बनाउन अर्थमन्त्रीलाई आग्रह गरेको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको