Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, August 26, 2026
spot_img
Homeसमाचारश्रीकृष्ण जन्माष्टमी पर्व किन मनाइन्छ, यसको पौराणिक महत्व र मान्यता के छन्?

श्रीकृष्ण जन्माष्टमी पर्व किन मनाइन्छ, यसको पौराणिक महत्व र मान्यता के छन्?

काठमाडौं, २० भदौ। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ। द्वापर युगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् कृष्णको जन्म भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ।

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।

सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादिहेतवे।

तापत्रय—विनाशाय श्री कृष्णाय वयं नम:।।

विश्व धर्मको रक्षाका निम्ति र द्वापर युगमा बढ्दै गएको राक्षसी प्रवृत्तिको विनाश र सज्जनहरूको रक्षा गरी सनातन धर्मको रक्षाका लागि भगवान श्रीकृष्ण यस धर्तीमा अवतरित हुनुभएको थियो।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवजातिको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रूपमा जन्मनु भएको श्रीकृष्णले जीवनभर सत्यको पक्षमा उभिएर सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गर्नुभयो। कुरुक्षेत्रमा कौरवहरूसँगको युद्धमा संलग्न पाण्डवहरूमध्ये एक अर्जुनलाई उपदेश दिंदा उहाँको मुखारबिन्द बाट उच्चारण भएको ज्ञान श्रीमद्भागवत गीतालाई हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ।

श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले आफ्नो अवतारको प्रयोजन आफैँ बताउनुहुन्छ:

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।

अर्थात् जबजब यस धर्तीमा धर्ममाथि आँच आउँछ म धर्म रक्षाका निम्ति अवतरित हुन्छु। साधु सन्त जनहरूको रक्षा र दुर्जनहरूको संहारको लागि म अनन्त कालसम्म पुनः पुनः जन्मिरहन्छु।

चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिनु भएको बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए। त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याऊँ’ भन्ने आकाशवाणी भएको थियो। यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनु भएको श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो।

वृन्दावनमा गोपालहरूसँग विचरण गर्नु, दही चोरी खानु, बालसखा सुदामासँग खेल्नु , बाँसुरी बजाएर नाच्नु, इन्द्रदेखि ब्रह्मा सम्मको घमण्ड चूर गर्नु, कालीय नाग दमन गर्नु, एक हप्तासम्म गोवर्धन पर्वत उचाल्नु, १६०० गोपिनीहरूसँग प्रेमक्रीडा तथा रासलीला गर्नु आदि जस्ता अनेकौँ लीलाहरू श्रीकृष्णचरित्र अन्तर्गत पर्दछन्।

श्रीकृष्णले गोपिनी र राधासँग गर्नुभएको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ।

श्रीकृष्ण जन्माष्टमीका दिन विशेष विधिविधानसहित श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन्। दिनभरि निराहार रहेर भगवानको नाम सङ्कीर्तन गर्नुका साथै गीता, भागवत आदि पाठ गर्दछन्। मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानी कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गाई प्रसाद ग्रहण गरेपछि व्रत पूर्ण भएको मानिन्छ।

एकातिर न्याय र धर्मको रक्षाका लागि विनाश र युद्धको नियतिसँग मिल्दोजुल्दो कृष्णको जीवन शान्ति र मानवताको लागि पूर्ण रूपमा समर्पित छ। गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि धेरै नामले बोलाइने यस कृष्ण कालेलाई संसारका सबै घटनाका प्रमुख रचयिताका रूपमा पनि स्मरण र पूजा गरिन्छ।

यसरी हिन्दूहरुको महान चाड श्रीकृष्ण जन्माष्टमीले भगवानको प्रेमी बन्न सधैं धर्मको पालना गर्नुपर्छ भन्ने सन्देश दिँदै मन, वचन र कर्मलाई शुद्ध राख्नुपर्ने सन्देश दिएको छ। यी चाडपर्वलाई रमाइलोका रूपमा मात्र नभई यसको अर्थ बुझेउ भने सबैको कल्याण हुनेछ र विश्वमा समानता, शान्ति र अहिंसाको सुगन्ध फैलिनेछ।

तपाईहरु सबैलाई सुखमय र आत्मिक रूपले सम्पन्न श्री कृष्ण जन्माष्टमीको शुभकामना !

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको