Monday, September 25, 2023
spot_img
Homeअन्तराष्ट्रियआक्रोशित प्रदर्शनकारीले राष्ट्रपतिको घरमा गरे तोडफोड, श्रीलंका

आक्रोशित प्रदर्शनकारीले राष्ट्रपतिको घरमा गरे तोडफोड, श्रीलंका

काठमाडौं, २५ असार। श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार हजारौं प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास र सचिवालयमा आक्रमण गरेका छन्।

स्थानीय टिभी समाचार न्यूजफर्स्ट च्यानलको भिडियो फुटेज अनुशार केही प्रदर्शनकारीहरू, श्रीलंकाको झण्डा र हेलमेट बोकेर राष्ट्रपतिको निवासमा प्रवेश गरेका थिए।

राष्ट्रपति गोताबाया राजापाक्षेलाई राजीनामा दिन आग्रह गर्दै नारा लगाएपछि दुवै स्थानका सैनिक र प्रहरीले भीडलाई नियन्त्रणमा लिन सकेनन्।

सन् १९४८ मा स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक संकटमा पुगेको श्रीलंका विदेशी मुद्रा अभावमा संघर्ष गरिरहेको छ र इन्धन, खाद्यान्न र औषधिको आवश्यक आयातलाई सीमित गरेको छ।

कोभिड-१९ ले पर्यटनमा निर्भर अर्थतन्त्रमा हानी पुर्‍याएपछि र विदेशी कामदारहरूको रेमिट्यान्स घटेपछि श्रीलंका यो संकट देखा परेको हो साथै ठूलो सरकारी ऋण, तेलको मूल्यमा वृद्धि र गत वर्ष रासायनिक मलको आयातको प्रतिबन्धले थप जटिल बनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको