Friday, April 19, 2024
spot_img
Homeसमाचारविद्युतीय सवारी साधनको आयात ६६ प्रतिशतले बढ्यो

विद्युतीय सवारी साधनको आयात ६६ प्रतिशतले बढ्यो

काठमाडौं, ८ वैशाख। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विद्युतीय सवारी साधन(इभी) को आयात ६६.३९ प्रतिशतले बढेको छ।

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ हजार ४ सय ७३ विद्युतीय सवारी साधन आयात भएकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा दुई हजार ४ सय ५१ विद्युतीय सवारी साधन आयात भएको थियो।

विद्युतीय सवारीसाधनको आयातमा सबैभन्दा बढी भारत र त्यसपछि चीन रहेको छ। सो अवधिमा भारतबाट १०० किलोवाट क्षमताका १ हजार ७ सय ५५ विद्युतीय सवारीसाधन भित्रिएका छन् भने सो अवधिमा चीनबाट सोही क्षमताका ३ सय ८१ विद्युतीय सवारी साधन आयात भएका छन्।

सरकारले चालु आर्थिक वर्षको नौ महिनामा दुई हजार ४ सय ५१ विद्युतीय सवारीसाधन आयातबाट रु एक अर्ब ९० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको