काठमाडौं, ७ वैशाख। बुधबार राति करिब पाँच किलोग्राम अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले एक होटलबाट पक्राउ गरेको छ।
उनीहरुलाई विभिन्न प्रकारका ४ दशमलव ९ सय २४ किलो सुनसहित पक्राउ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए। सुचनाका आधारमा कारबाहीका क्रममा दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। (रासस)