काठमाडौं, १७ चैत। नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सपथ लिएका मन्त्रीहरुमा पूर्णबहादुर खड्का उपप्रधानमन्त्री र रक्षामन्त्री, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री, डा बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास मन्त्री, अशोककुमार राई शिक्षामन्त्री, शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र डा प्रकाशशरण महत अर्थमन्त्री रहेका छन्।
त्यस्तै महेन्द्र राई यादव महिला, बालबालिका तथा समाज कल्याण मन्त्री, शक्तिबहादुर बस्नेत उर्जा तथा जलस्रोत मन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री, रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, रमेश रिजाल उद्योगमन्त्री, सीता गुरुङ र सहरी विकास मन्त्री बनेका छन्।