Tuesday, May 30, 2023
spot_img
Homeसमाचारआज दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण

आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण

काठमाडौं, १७ चैत। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान राष्ट्रपति निवास काठमाडौंमा भेटवार्ता भएको छ।

मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार मनोहर तिमिल्सिनाका अनुसार आज दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउने तयारी पूरा भएको छ।

पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज दिउँसो मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

गठबन्धनका सबै १० साझेदारले आ–आफ्ना दलबाट सम्भावित मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका छन्।

बिहीबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना थियो तर निष्कर्षविहीन भएको छलफलका कारण आजका लागि सारिएको थियो। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको