काठमाडौं, २७ फागुन। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज बोडेगाउँस्थित भट्टराई आश्रमको भ्रमण गरेका छन्।
आश्रम परिसरमा रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकमा राष्ट्रपति पौडेलले माल्यार्पण गरेका छन्।
कार्यक्रममा आश्रम सञ्चालक अमिता कपाली, नेपाली काँग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वराजदूत एवम् नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय, काँग्रेस वाग्मती प्रदेशका सहमहासचिव ऋषिराम घिमिरे, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनलगायत अन्यले अध्यक्ष पौडेललाई स्वागत गरेका थिए।
कपालीले राष्ट्रपति पौडेललाई आश्रमका गतिविधिबारे जानकारी गराएका थिए। (रासस)