काठमाडौं, १६ फागुन। सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुपको विष्णुमन्दिर नजिक विपरीत दिशाबाट आउँदै गरेको प्र. २–०२–००१ च ०७४६ र बा १८ च ६६१७ नम्बरको गाडी एकापसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा सुनसरी जिल्लाको दुहवी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साह रहेका छन्। प्र. २-०२-००१ च ०७४६ नम्बरको दर्ता नम्बरको बोलेरो पिकअप भ्यानमा घोडा थियो।
दुर्घटनामा १२ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरुको सप्तरीको धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि उपचारका लागि विराटनगर लगिएको छ।